नेपालले यूएईलाई हरायो

62
  •  
  •  
  •  

काठमाडौं । एसिसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत समूहगत चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले यूएईलाई एक सय ६० रनले हराएको छ ।

नेपालले दिएको दुई सय ८६ रनको लक्ष्य पछ्याएको यूएई ३४ ओभर ४ बलमा एक सय २५ रनमा सिमित भएको थियो ।
नेपालका बलर सागर ढकालले तीन तथा पवन सर्राफ, रसिद खान र सुर्य तामाङले दुई÷दुई विकेट लिएका थिए ।
यूएईका कुनैपनि ब्याट्सम्यानले अर्धसतक बनाउन सकेनन् ।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालका लागि कप्तान तथा विकेटकिपर रोहित पौडेलले ६७, सन्दीप झोराले ४८, आरिफ शेखले ४५, रसिद खानले ४४ र कमल ऐरीले ४१ रन बनाए । नेपालका दुवै ओपनर ब्याट्सम्यान शुन्यमा आउट भएका थिए ।

यसअघिको खेलमा नेपाल श्रीलंका र दोस्रोमा बंगलादेशसँग पराजित भएको थियो ।


  •  
  •  
  •