नेपाल उज्बेकिस्तानसँग पराजित

80
  •  
  •  
  •  

काठमाडौं । किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपाल उज्बेकिस्तानसँग पराजित भएको छ ।सोमबार भएको दोस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग २–० ले पराजित भएको हो ।

नेपालले पहिलो खेलमा किर्गिस्तानलाई आठ–दुईले पराजित गरेको थियो ।  खेलको २४ औं मिनेटमा सावित्रा भण्डारीले पाएको मौका खेर फालिन् ।

यस्तै ३१ औँ मिनेटमा पनि उनले मौका खेर फालिन् ।  तर उज्वेकिस्तानले खेलको ३४ औँ मिनेटमा सुरुवाती अग्रता बनायो । त्यसपश्चात उज्वेकिस्तानले खेलको ५० औँ मिनेटमा दोस्रो गोल गर्न सफल भएको थियो ।

नेपालमाथि २–० को अग्रता कायम गर्न सफल भयो । यता नेपालले गोल गर्ने प्रयास गरे पनि गोल भने हुन सकेन ।


  •  
  •  
  •