एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपाललाई

एसिया कप यू १९ क्रिकेटका लागि छनोट
124
  •  
  •  
  •  

काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले हात पार्न सफल भएको छ । मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको हो ।

 उपाधि जितेसँगै नेपाल श्रीलंकामा आयोजना हुने एसिया कप यू १९ क्रिकेटका लागि छनोट भएको छ । हङकङले प्रस्तुत गरेको ९६ रनको लक्ष्य नेपालले १७ औं ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो ।

नेपालका लागि ओपनर रित गौतम र पवन सर्राफले पहिलो विकेटका लागि ६.३ ओभरमा ५२ रनको साझेदारी गरे । रित १३ रन जोड्दै मोहमद हसन खानको बलमा बोल्ड भएका थिए ।

अर्का ओपनर पवन सर्राफ १२ औं ओभरको दोस्रो बलमा मोहमद हसनको एलबीडब्लु धरापमा परे । उनले ३६ बलको सामना गर्दै ३९ रन जोड्दा ५ चौका र १ छक्का प्रहार गरे ।

लगत्तै अर्को ओभरमा खडक बोहोरा ८ रन जोड्दै क्याच आउट भए । कप्तान रोहितकुमार पौडेलले १२ रन जोड्दा भीम सार्की ८ रनमा नटआउट रहे । हङकङका लागि रौनक कपुरले २ तथा मोहमद हसन र मोहमद हसन खान १÷१ विकेट हात पारेका थिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरको हङकङले ४३.१ ओभरमा ९५ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

 


  •  
  •  
  •