नेपाल धितोपत्र बोर्डमा तालाबन्दी

67
  •  
  •  
  •  

काठमाडौं, १० चैत(ओएनएस) : शेयर बजार सुधारको माग राख्दै लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डमा तालाबन्दी गरेका छन् ।

यसअघि पनि चरणबद्ध आन्दोलन घोषणा गरेको सेयर बजार लगानीकर्ता दबाब समूहले आइतबार जावलाखेलस्थित बोर्डको कार्यालयमा तालाबन्दी गरेको हो ।

समूहका अध्यक्ष हरि ढकाल, महासचिव नयन बास्तोला लगायतको टोली बिहानै बोर्ड कार्यालयमा ताला लगाउन पुगेको थियो । तालाबन्दीपछि एक कर्मचारी भित्रै थुनिएको बताइएको छ ।

यसअघि नेपाल स्टक एक्सचेन्ज घेराउ हुँदै आमरण अनसनसम्म बसेको उक्त समूहले आफ्ना पुरानै माग अघि सार्दै गत फागुन २८ गते आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

समूहले अर्थमन्त्रीको बर्खास्ती प्रमुख माग रहेको बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा पुँजी बजार विरोधी भएको उनीहरुको आरोप छ ।


  •  
  •  
  •