आयरल्यान्ड ‘ए’ विरूद्ध नेपालको दोस्रो जित

86
  •  
  •  
  •  

काठमाडौं । दोस्रो टी-२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ७१ रनको फराकिलो अन्तरले हराएको छ । शृंखलामा नेपालको यो दोस्रो जित हो । यसअघि सोमबार खेलिएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो ।

ठूलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्ड ‘ए’ ले भने १८।३ ओभरमा अलआउट हुनुअघि एक सय २७ रनमात्र बनाउन सक्यो ।


  •  
  •  
  •