क्यानडा–११ ले जित्यो एकदिवसीय पहिलो अभ्यास खेल

132
  •  
  •  
  •  

काठमाडौं । क्यानडा–११ ले आइतबार भएको नेपाल ए विरुद्धको एकदिवसीय पहिलो अभ्यास खेल जितेको छ। क्यानडा–११ ले ४ विकेटले खेल जितेको हो।

निर्धारित ५० ओभरको खेलमा क्यानडा–११ले ४९.३ ओभरमा ६ विकेटको क्षतिमा २१८ रन बनाएर खेल जितेको हो।

एकदिवसीय खेलको पहिलो इनिङमा नेपाल ए ले क्यानडा–११ लाई २१७ रनको लक्ष्य दिएको छ। टस जितेको क्यानडा–११ ले नेपाललाई पहिले ब्याटिङ्गको निम्तो दिएका थियो।


  •  
  •  
  •