
काठमाडौं ।। आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गतको खेलमा नेपाल थाइल्यान्ड पराजित भएको छ ।
शुक्रबारको खेलमा नेपाल थाइल्यान्डसँग ४६ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
एसिया क्षेत्र छनोटको फाइनल पुग्ने दुई टिमले टी–२० विश्वकपको ग्लोबल छनोटमा सहभागिताको अवसर प्राप्त गर्ने थिए।
शुक्रबार मलेसियाको बांगीस्थित युकेएम–वाइएसडी ओभलमा टस हारेर पहिले ब्याटिङ गर्दै थाइल्यान्डले नेपाल समक्ष१०६ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रनको स्कोर तयार गर्यो।
प्रतिस्पर्धात्मक स्कोरमा पु¥याउन थाईल्यान्डका लागि नानापाट खोन्चारोएन्काईले ६३ बलमा ४ चौकाको सहयोगमा ५९ रनको अर्धशतकीय अविजित इनिङ खेल्दा नथकान चन्थामले ३१ रन बनाइन्। त्यस्तै, चनिदा सुटिहिरुङ्गले ११ रनको अविजित इनिङ खेलेकी थिइन। नेपालका लागि कविता कुँवर र पुजा महतोले समान १–१ विकेट लिए।
१ सय ६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा ५९ रनमा अलआउट भयो। नेपालका लागि कुनैपनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्।
३ खेलाडीले दोहोरो स्कोरमा रन बनाएका थिए। कविता कुँवरले १७ रन बनाउँदा अप्सरी बेगम र कविता जैशीले १०–१० रनको स्कोर बनाए।
थाइ बलरसामु निरीह रहेका नेपाली ब्याटर क्रिजमा पूर्ण रुपमा संघर्षरत देखिएका थिए। थाइल्यान्डका लागि थिपाचा पुटथवङ्ग र ओनीचा कमचोम्फूले समान ३–३ विकेट लिएका थिए। त्यस्तै नाट्या बोचाथमले २ विकेट लिँदा सुनिदा चतुरोङ्ग्राथा र फननिता मयाले १–१ विकेट लिए।