
काठमाडौं । आईसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।
समूह चरणको अन्तिम खेलमा नेपाल र युएईबीचको खेल वर्षाको कारण रद्द भएपछि नेपाल समूह उपविजेता बनेको हो। वर्षाको कारण टस समेत हुन नसकेपछि नेपाल र युएईले अंक बाँडेका हुन्।
दुवै टोलीले अंक बाँडेसँगै युएई समू विजेता र नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुगेका छन्।
५ खेलबाट समान ९ अंक भएपनि नेपाल नेट रनरेटमा पछि पर्दा समूह उपविजेता बनेको हो।
सेमिफाइनलमा नेपालले समूह ‘बी’ को विजेतासँग शुक्रबार खेल्नेछ। समूह ‘बी’ का थाइल्याण्ड र हङकङ बीचको खेलको विजेतासँग नेपालले अब सेमिफाइनलमा खेल्नेछ।