काठमाडौं, ६ माघ (ओएनएस) : नेपाः राष्ट्रिय पार्टीले सांसद लक्ष्मण राजवंशीलाई सांसद तथा पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको छ । उनी समानुपतिक तर्फबाट सांसद हुन् ।
राजवंशीले पार्टीको नीतिविपरीत गतिविधि गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरिएको पार्टीका महासचिव विजयप्रकाश सैंजुद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
राजवंशी संसदमा पेश भएको भएको संविधान संशोधन विधेयको विरोध गर्दै आएका थिए । ।
‘लिखित रुपमै दिइएको निर्देशनलाई अवज्ञा गरी प्रतिक्रियावादी आन्दोलनमा सहभागी भइ पहिचानविरोधी आन्दोलनमा संलग्न भएकाले राजवंशीलाई पार्टी सदस्यबाट निष्कासन गरिएको हो,’ विज्ञप्तिमा उल्लेख छ ।