विश्वकपको छनोटमा नेपाल र भारत भिड्ने

173
  •  
  •  
  •  

२७ माघ (एजेन्सी) : सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबल र सन् २०१९ मा हुने एसिया कपको छनोटको पहिलो चरणमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वि भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले मंगलबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल र भारतबीच पहिलो लेग मार्च १२ र दोस्रो लेग मार्च १७ मा हुनेछ ।

अन्य ड्रमा यमन र पाकिस्तान, इस्ट टिमोर र मंगोलिया, कोम्बोडिया र मकाउ, चाइनीज ताइपेइ र ब्रनाई तथा भुटान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।

यी लिगमा विजेताहरु हुने टिमहरुले दोस्रो चरणमा ३४ टिमसँग प्रतिस्पर्धा गर्नेछन् । दोस्रो चरणबाट १२ टिम तेस्रो चरणको लागि छनोट हुनेछन् ।


  •  
  •  
  •