विश्वकप छनोटबाट नेपाल बाहिरियो, लगातार नौ खेलमा गोल गर्न असफल

230
  •  
  •  
  •  

काठमाडौं, ३ चैत (ओएनएस) : सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबल छनोटको प्रारम्भिक चरणबाटै नेपाल बाहिरिएको छ ।

दशरथ रंगशालामा मंगलबार भएको दोस्रो लेगमा भारतसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल दोस्रो चरणमा पुग्न असफल भएको हो । यसअघि भारतमा भएको पहिलो लेगमा नेपाललाई भारतले २–० ले हराएको थियो । दोस्रो चरणमा पुग्न कम्तीमा ३–० जीतको आवश्यकता रहेको नेपालले टिमले आक्रमक खेल पस्के पनि फिनिसिङ गर्न सकेन ।

पहिलो हाफमा बललाई नियन्त्रणमा लिएको नेपालले दोस्रो हाफमा केहि राम्रा अवसर खेल फालेको थियो । ५५ औं मिनेटमा सन्दीप राईको फिकिकमा सन्तोष साहुखलले गरेको हेडरलाई भारतीय गोलकिपर सुब्रतो पाउलले बचाएका थिए । यस्तै, खेलको अन्त्य तीर अनिल गुरुङ र विमल घर्तीमगर प्राप्त अवसरमा चुकेका थिए ।

खेलमा नेपालले आक्रमक खेल पस्कदा भारतले रक्षात्मक खेल पस्केको थियो । बराबरीसँगै नेपाल लगातार नौ खेलमा गोल गर्न असफल भएको छ ।

अघिल्लो संस्करणको विश्कप छनोटमा भने नेपाल दोस्रो चरणमा पुग्न सफल भएको थियो । उक्त छनोटमा नेपालले इस्ट टिमोरलाई सम्रगमा ६–१ ले पाखा लगाएको थियो ।


  •  
  •  
  •