सरसफाइ गर्न नेपाल र भारतका सुरक्षाकर्मी एकै ठाँउमा

343
  •  
  •  
  •  

nep-indiaइलाम, २३ कात्तिक (ओएनएस) : सरसफाइ अभियानको लागि नेपाल र भारतका सुरक्षाकर्मी एकै स्थानमा भेला भएका छन् ।

इलामको पशुपतिनगर इलाका प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा दुबै देशका सुरक्षाकर्मी भेला भएक हुन् । जनतासँग प्रहरी हातेमालो र दुवै देशबिच आपसि सम्बन्ध मजबुत बनाउन कार्यक्रम गरिएको हो ।

भेलापछि नेपाली सुरक्षकर्मीले फाटकबाट पशुपतिनगर बजार हुदै बसपार्क सम्म सरसफाई गरेका थिए भने भारतिय पक्षले आफ्नो क्षेत्रतिर सरसफाई कार्यक्रम गरेका थिए ।

कार्यक्रममा ईलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव खनाल लगायत जिल्लाका सुरक्षा अंगका प्रमुखहरु, भारतिय सिमा सुरक्षा बलका सुरक्षाकर्मिहरु तथा स्थानिय जनताहरुको उपस्थिति थियो ।


  •  
  •  
  •