नेम्वाङसँग समितिका सभापतिहरूको भेट

74
  •  
  •  
  •  

काठामाडौं, १५ भदौ (ओएनएस) : संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभा अन्तर्गतका सबै ५ वटा समितिका सभापतिहरूसँग छलफल गरेका छन् । सिंहदरवारस्थित आफ्नै कार्य कक्षमा उनले सभापतिहरूसँग छलफल गरेका हुन् ।

छलफलमा अध्यक्ष नेम्वाङले सभापतिहरूबाट समितिका कामकारबाहीबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ । यही भदौ २१ गते भित्र विवादित विषयमा सहमति जुटाउनुपर्ने र प्रारम्भिक मस्यौदाको तयारी गर्नुपर्ने सन्दर्भमा अध्यक्षले सभापतिहरूसँग छलफल गरेका छन् ।

छलफलमा मस्यौदा समितिका सभापति कृष्ण सिटौला, संवाद तथा सहमति समितिका सभापति, अभिलेख तथा अध्यायन तथा निक्र्यौल समितिका सभापति विष्णु पौडेल , क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापनका प्रतिमा राणा, नागरिक सम्बन्ध तथा सुझाव संकलन समितिका सभापति सहभागि थिए । बैठकमा नेम्वाङले कार्यप्रगतिका बारेमा जानकारी लिएको बताइएको छ ।

यसैबीच अध्यक्ष नेम्वाङसँग एनडिआई एसिया कार्यक्रमका निर्देशक पिटर मनिकासले भेट गरेका छन् । सो क्रममा उनीहरुबीच संविधान निर्माणका विषयमा कुराकानी भएको छ ।


  •  
  •  
  •