सभामुख नेम्वाङ छलफलमा, चार दलबीच नयाँ विकल्पको खोजी

330
  •  
  •  
  •  

Constituent Assembly Chairman Subhash Nemwang answers questions during an exclusive interview with Reuters at his residence in Kathmanduकाठमाडौ, ८ माघ(ओएनएस) : संविधानसभाको बैठक सुचारू गर्नका लागि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ छलफलमा जुटेका छन् । सभाध्यक्षको पहलमा प्रमुख तीन दल र मधेषी मोर्चाबीच निकास निकाल्नका लागि छलफल हुने भएको छ । त्यसअघि नेम्वाङले ३१ दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै दलहरूलाई छलफलबाट निकास निकाल्न आग्रह गरेका थिए । त्यस लगत्तै सभाध्यक्ष सहित तीन दल र मधेषी मोर्चाबीचको बैठक तय भएको हो ।

दोस्रो चरणको संविधानासभा बैठक सुरु गर्ने प्रक्रिया र निकासका विषयमा उनले दलहरुको धारणा माग्दै सचेतकहरूसँग छलफल गरेका थिए । छलफलका क्रममा सभाध्यक्ष नेम्वाङले सचेतकहरूसँग संविधानसभाको बैठक सुचारू गर्नका लागि दलहरूका शीर्ष नेताहरूलाई संविधानसभामा सम्वोधन गर्न दिने र त्यसबाटै सहजीकरण गर्ने पनि तयारी गरेको स्रोतले जनाएको छ ।

‘आधा घण्टाका लागि स्थगित भएको बैठकको चरणमा सभाध्यक्षले निकासका लागि आफुसँग भएका उपायबारे जानकारी गराउने छन् स्रोतले भन्यो ‘त्यसबाट निकास निस्किए प्रक्रिया सुरु नहुनपनि सक्छ नभए प्रक्रियाको बाटोमा जान्छ । ’

सत्तासिन कांग्रेस एमाले र विपक्षी एमाओवादी र मधेसी मोर्चाका नेतालाई सम्वोधन गर्न दिने र आत्माआलोचना गरेर साझा प्रतिवद्धता पनि एउटा विकल्पमा रुपमा अघि सारिएको छ । त्यसलाई नयाँ विकल्पका रुपमा लिइएको छ । सभाध्यक्ष नेम्वाङको छलफलका कारण संविधानसभा बैठक सुरु भएको छैन ।

यसअघि उनले आज संविधानसभाको बैठक स्थगित गर्नु अघि संविधान जारी गर्न नसकेपछि सबै दलका नेताहरुले रोष्टममा उभिएर ‘संविधान बन्न नसक्नुको कारण भन्छन्’ भन्ने आफुलाई लागेको बताउँदै त्यसो हुन नसक्दा दुःखी भएको बताएका थिए ।


  •  
  •  
  •