दलहरुलाई मिलाउन सभाध्यक्षको पहल

214
  •  
  •  
  •  

काठमाडौं ३ चैत (ओएनएस) :  दलहरुबीचको दुरी कम गराउन संविधानसभाध्यक्ष सुवासचन्द्र नेम्वाङले पहल गर्ने भएका छन् । उनले आजैदेखि दलहस्ँग अनौप्चारीक सम्वाद थाल्ने छन् ।  नयाँ बन्ने संविधानका विवादित विषयमा दलहरु सहमति र प्रक्रियाको पक्षविपक्षमा बिभाजित भएपछि पहल गर्न लागेका हुन् ।

सत्ताधारी र विपक्षी दलका शीर्ष तथा दोस्रो तहका नेताहरुसँग छलफल गरी सहमतिको वातावरण निर्माणमा आफू लागेको नेम्वाङले बताएका छन् ।

हिजो काङ्ग्रेस र एमाओवादीका  प्रमुख सचेतकसँग छलफल गर्नु भएका नेम्वाङले बिभिन्न दलका दोस्रो तहका नेतासँग औपचारिक तथा अनौपचारिक छलफल जारी राखेको बताए । संविधान लेखनका लागि गएको माघ ११ गते सुरु भएको प्रक्रियाप्रति असहमति जनाउँदै एकीकृत माओवादी आन्दोलनमा उत्रिएपछि संविधानसभाको बैठक एक महिनादेखि अवरुद्ध छ ।


  •  
  •  
  •