देशले नयाँ सविधान पाउन अब धेरै समय लाग्दैन : सभाध्यक्ष

165
  •  
  •  
  •  

subash nembang ca chief_इलाम, २५ माघ (ओएनएस) :  सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभाले दलहरुबीच सहमति हुने दाबी देशले नयाँ संविधान पाउन अब धेरै समय नालग्ने बताएका छन् ।

आइतबार गृह जिल्ला इलाम सदरमुकाममा पत्रकारहरुसँग कुरा गर्दै नेम्वाङले मिति नतोकेरै केही महिनाभित्र सविधान बनाएर जारी गर्ने प्रतिबद्धता समेत जनाए ।

यस्तै प्रस्ताव समितिलाई थप गरेको सात दिनको समय दलहरुाई सहमति गर्नका लागि रहेको बताएका छन् । नेम्वाङले माघ ८ मा जनतालाई संविधान दिन नसकेको प्रति दुःख व्यक्त गर्दै अब मिति नतोकिकन केही महिनाभित्रमा संविधान बनाएरै छाड्ने प्रतिबद्धता जनाए ।

दहरुबीच सहमति अन्तिम विन्दुमा पुगिसकेको बताउदै उनले न्याय प्रणाली, निर्वाचन प्रणालीमा सहमति भैरहेको बताए ।

उनका अनुसार शासकीय स्वरुपमा सहमति गर्न माओवादीले सकारात्मक संकेत दिएको बताउँदै सबैभन्दा बढि विवादित सङघीयतामा विजयकुमार गच्छदारले ल्याउको प्रस्तावमा दलहरु सहमत भैसकेकोले संविधान आउन समय नलाग्ने बताए


  •  
  •  
  •