भारतीय विदेश सचिवलाई सभामुखको सन्देश

118
  •  
  •  
  •  

subash nembang ca chief_काठमाडौं, १९ चैत (ओएनएस) : सभामुख सुवासचन्द्र नेम्बाङले भारतलाई कुटनीतिक रुपमा मजबुत सन्देश पठाएका छन् । भारतका विदेश सचिव सव्रमन्यम जयशंकरसँगको भेटमा सभाध्यक्ष नेम्बाङले भारतलाई सन्देश पठाएका हुन् ।

‘प्रधानमन्त्री नरेन्द्र मोदीको नीति अनुसार सम्बन्ध सुधारका लागि भारतका विदेश सचिवले भ्रमण गर्नुभएको रहेछ’, नेम्बाङले भने, ‘भेटमा नेपालको विकास र स्थिरता भारतका लागि पनि प्रतिक्षाको विषय भएको भन्दै संविधान निर्माणको प्रक्रियाको विषयमा चासो व्यक्त गर्नुभएको थियो । नेम्बाङले अघि भने, ‘मैले पछिल्लो समय दलहरुबीच वार्ता र संवाद भइरहेको भन्दै संविधान निर्माणका विषयमा सकारात्मक पहलहरु भइरहेको जानकारी दिए । ’

नेम्बाङले विदेश सचिव जयशंकरसँग केही अनौपचारिक कुराकानी समेत गरेका थिए । स्रोतका अनुसार उनले भारतीय विदेश सचिवलाई दलका नेतासँग भेट गर्नुभयो होला कस्तो पाउनुभयो त भन्दै ठट्टा समेत गरेका थिए । जवाफमा जयशंकरले अहिलेसम्म राजनीतिक भेटभाट नभएको भन्दै फर्कनुअघि राजनीतिक भेटभाट पनि गर्ने बताएका थिए ।

त्यसपछि, सभामुख नेम्बाङले नेपालबाट बग्ने नदिनाला सबै भारतमै जाने भन्दै नेपालबाट भारत कहिलै पनि टाढा नभएको बताएको स्रोतको भनाई छ । सभामुख नेम्बाङले यसो भनेर नेपालमा राम्रो वा नराम्रो जस्तो परिस्थिति भएपनि त्यसको प्रभाव भारतलाई पनि पर्ने भन्दै सचेत भएर नेपालका विषयमा चासो र चिन्ता राख्न गम्भिर सन्देश पठाएका छन् ।

नेपालको राजनीतिमा भारतीय प्रभाव हस्ताक्षेपकारी छ भन्ने बहसले राजनीतिमा स्थान पाइरहेका बेला सभामुख नेम्बाङले भारतलाई गतिलो सन्देश पठाएका छन् । औपचारिक भेटघाट सकेर अनौपचारिक कुराकानीमा प्रवेश गरेपछि कुराकानीकै शैलीमा नेम्बाङले दिएको कुटनीतिक सन्देशले भारतीय संस्थापनमा कस्तो प्रभाव पर्छ र नेपाल नीतिमा त्यसको अर्थ के रहन्छ भन्ने चाहि भोलीका दिनमा भारतले लिने नेपाल नीतिले नैं देखाउने छ ।

यस्तै, नेम्बाङले भर्खर मात्र विदेश मन्त्रालयको सचिव सम्हालेका जयशंकरलाई नेपालसँगको सम्बन्ध सुधारमा सफलता मिलोस भन्ने शुभकामना पनि व्यक्त गरेका छन् । उनले दिएको यो शुभकामना पनि कुनटीतिक रुपमा अर्थपूर्ण छ । उनले अहिले भारतसँगको सम्बन्धले लिनुपर्ने जति उचाई लिन नसकेको र यसलाई थप उचाईमा पुर्याउन प्रशस्त आधार रहेको उनको शुभकामनाको अन्तर्य हो ।


  •  
  •  
  •