काठमाडौं, २१ असाेज (ओएनएस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को लामाे समयपछि सचिवालय बैठक आज बस्न लागेकाे छ। मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आन्तरिक विषयमा छलफलकाे लागि बैठकबस्न लागेकाे बताइएकाे छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बस्न लागेकाे हाे।
बैठकमा पार्टी एकता र नेकपाका बरिष्ठ नेता माधव नेपालको असन्तुष्टि र सरकारको काम कारवाही लगायतका विषयमा छलफल हुने स्राेतले बताएकाे छ। ओली र प्रचण्ड स्वदेशमा नभएका बेला बरिष्ठ नेता नेपालले संसदमा सरकारप्रति असन्तुष्टि मात्र प्रकट गरेका थिएनन्, स्थायी समितिका सदस्यहरुको भेला गरेर पार्टी नेतृत्वप्रति असन्तुष्टि समेत पोखेका थिए। यसअघि सचिवालय बैठकले गरेको प्रदेश कमिटी पदाधिकारी चयन सम्बन्धी निर्णयमा माधव नेपालले असहमति जनाउँदै स्थायी कमिटी बैठककाे माग गरेका गरेका थिए ।
नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीबिच शुक्रबार भएको भेटमा भएको छलफल अनुसार आज सचिवालयको बैठक बस्न लागेको हो ।