सातै प्रदेशमा नेकपाले तोक्यो इन्चार्जसहित यस्ता पदाधिकारी (नामावलीसहित)

82
  •  
  •  
  •  

काठमाडौं, ५ असाेज (ओएनएस) : पूर्व एमाले र माअाेवादी एकिकरण भइ बनेकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लामाे समयकाे अन्तरालपछि प्रदेशकाे पदीय जिम्मेवारीसहित विभिन्न पदकाे बाँडफाँड गरेकाे छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विहान बसेको सचिवालय बैठकले जिम्मेवारी बाँडफाँड गरेकाे हाे। बैठकले इन्चार्ज, सह-इन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाँड गरिएकाे सचिवालय सदस्य तथा उप-प्रधानमन्त्री एवं रक्षामन्त्राी इश्वर पाेखरेलले बताए।

प्रदेश १
इन्चार्ज : भीम आचार्य,
अध्यक्ष : देवराज घिमिरे,
सह-इन्चार्ज : साबित्री कुमार काफ्ले,
सचिव :सुरेश कुमार राई

प्रदेश २

इन्चार्ज : सत्यनारायण मण्डल
अध्यक्ष : प्रभू साह
सह–इन्चार्ज : विश्वनाथ साह
सचिव : सुमन प्याकुरेल

प्रदेश ३
इन्चार्ज : अष्टलक्ष्मी शाक्य
अध्यक्ष : हितमान शाक्य
सह–इन्चार्ज : नारायण दाहाल
सचिव :आनन्द पोख्रेल

गण्डकी प्रदेश
इन्चार्ज : पृथ्वी सुब्बा गुरुङ
अध्यक्ष : हितराज पाण्डे
सह–इन्चार्ज : खगराज अधिकारी
सचिव : गोविन्द नेपाली

प्रदेश ५
इन्चार्ज : शंकर पोख्रेल
अध्यक्ष : ओनसरी घर्ती
सहइन्चार्ज : दलबहादुर राना
सचिव : जग प्रसाद शर्मा

कर्णाली प्रदेश
इन्चार्ज : जनार्दन शर्मा
अध्यक्ष : गोरख बहादुर बोगटी
सह–इन्चार्ज : यमलाल कंडेल
सचिव : मायाप्रसाद शर्मा

प्रदेश ७
इन्चार्ज : भीम रावल
अध्यक्ष : कर्ण थापा
सह-इन्चार्ज : लक्ष्मणदत्त जोशी
सचिव : नेप चौधरी


  •  
  •  
  •