नेकपाकाे विवाद : अाेली र माधव नेपाल निकट यी दुर्इ नेताबीच समाजिक संजलामा यस्ताे दाेहरी

945
  •  
  •  
  •  

काठमाडाैं, १४ असाेज (अाेएनएस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पछिल्लाे समय नेतृत्व पंक्तिमा रहेका नेताहरुबिच देखिएको विवाद र असन्तुष्टि सामाजिक सञ्जालमार्फत भइरल भइरहेकाे छ।

प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्र संघको ७३ अाैँ महासभामा भाग लिन जानुअघि गरिएको सात प्रदेश इन्चार्जहरुको नियुक्तिप्रति धेरै नेताहरुले अान्तरिक र बाह्य रुपमा नै असन्तुष्टि जनाइरहेका बेला प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र नेता योगेश भट्टराईबीच उक्त विषयलार्इ लिएर दाेहरी नै चलेकाे छ। रिमाल हाल प्रधानमन्त्री केपी ओलीसँगै अमेरिकामा छन् भने भटराई नेपालमै छन् । गत शुक्रबार वरिष्ठ नेता माधव कुमार नेपालले काठमाडौमा चियापनका नाममा आफ्नो पक्षको भेला नै बोलाएर प्रदेशको नेतृत्व चयनप्रति विरोध जनाएका थिए।

त्यसपछि केपी ओलीका विश्वासपात्र मानिने नेकपाका नेता समेत रहेका प्रमका राजनीतिक सल्लाहकार विष्णु रिमालले आफ्नो टिवटर एकाउन्टमा व्याङ्ग्य गर्दै लेखेका छन्–‘मानिसको पतन त्यस समय सुरु हुन्छ जब आफ्नैलाई ढाल्न पराइसँग सल्लाह लिन सुरु गरिन्छ ।’

रिमाललाई प्रतिउत्तर दिँदै माधव नेपाल निकट मानिने योगेश भट्टराइले लेखेका छन् –‘सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन् ! कठै दोसी चस्मा !’


  •  
  •  
  •