नेकपा सचिवालय बैठक स्थगित

266
  •  
  •  
  •  

काठमाडौँ, ५ जेठ (ओएनएस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को  सचिवालय बैठक स्थगित भएको छ । पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यको कार्य्विभाजन टुंगाउने उद्देश्यका साथ आइतबारका लागि बोलाइएको बैठक एकाएक स्थगित भएकाे हाे।

बैठक विहान ११ बजे बस्ने भनिएकोे बैठक गृहकार्य नपुगेको भन्दै स्थगित भएको हो । बैठकमा पोलिटब्यूरोमा रहने सदस्यको नामावली र केन्द्रीय सदस्यको कार्य्विभाजनबारे सामान्य छलफल भएको भएपनि थप छलफल गर्नुपर्ने भन्दै आइतबारका लागि बैठक तय गरिएको थियो।


  •  
  •  
  •