प्रधानमन्त्री निकट नेता आजपनि खुमलटारमा

88
  •  
  •  
  •  

काठमाडौँ, नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग असमझदारी बढेसँगै प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पनि आफू निकट नेतालाई खुमलटार पठाएका छन् ।

 

आफू निकट नेताहरुलाई दैनिकजसो खुमलटार पठाउने क्रममा आलीले आज परराष्ट्र मन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई खुमलटार पठाएका हुन् ।

स्रोतका अनुसार प्रचण्डसँगको भेटमा परराष्ट्रमन्त्री ज्ञवालीले दुई अध्यक्ष मिलेर जानुपर्ने सुझाव दिएका थिए ।

पछिल्लो समयमा दुई अध्यक्षबीच दुरी बढेपछि दैनिक जसो प्रधानमन्त्री ओलीले आफू निकट नेताहरु खुमलटार पठाइरहेका छन् ।

कर्णाली प्रदेश प्रकरण, मन्त्रिपरिषद् पुनर्गठन, रअ प्रमुखसँगको भेट, पर्सा घटना लगायतका विषयमा प्रधानमन्त्री ओलीसँग प्रचण्डले असन्तुष्टी जनाइरहेका छन् ।

कात्तिक ३ गतेदेखि प्रधानमन्त्री ओली र प्रचण्डबीच भेट हुन नसकेपछि प्रधानमन्त्री ओलीले दैनिक जसो आफू निकटका नेता खुमलटार पठाइरहेका छन् ।


  •  
  •  
  •