नेकपाको सचिवालय बैठक बस्दै

246
  •  
  •  
  •  

काठमाडौँ, २२ मंसिर (ओएनएस) : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्ने भएको छ।

नेकपाले तल्लो कमिटीलाई उपनिर्वाचन परिणामको समीक्षा प्रतिवेदन मागिसकेको छ। सचिवालय बैठकमा पराजयको कारणबारे छलफल गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

नेकपाको सचिवालय बैठक यसअघि १८ मंसिरमा बसेको थियो। सोमबारको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे समेत छलफल गर्ने छ ।


  •  
  •  
  •