जनजाति महासंघको अध्यक्षमा जगत बराम विजयी

166
  •  
  •  
  •  

jagat Baramचितवन, ६ पुस (अाेएनएस) :  नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा जगत बराम विजयी भएका छन् ।

महासंघको नवौं राष्ट्रिय महाधिवेशनबाट एमालेका तर्फबाट उम्मेदवार बनेका सूर्य भुजेललाई पराजित गर्दै काँग्रेस र माओवादी केन्द्र, संघीय समाजवादी, नयाँ शक्ति पार्टीको संयुक्त प्यानलका उम्मेदवार बराम विजयी भएका हन् ।

बरामले ३१ तथा भूजेलले २३ मत पाएको निर्वाचन समितिले जनाएको छ । भूजेल नगेन्द्रबहादुर कुमाल नेतृत्वको अघिल्लो कार्यसमितिमा उपाध्यक्ष थिए भने बराम कोषाध्यक्ष थिए ।

टासी ह्योल्मोलाई पराजित गर्दै नित्यानन्द ताजपुरिया महासचिवमा विजयी भएका छन् । उनी पनि संयुक्त प्यानलकै हुन् ।

महासंघको उपाध्यक्षमा किरण सुनुवार, गणेशलाल थकाली, गोविन्द छन्त्याल, नवीन रोका, लोकबहादुर दुरा, श्यामप्रसाद मण्डल, सोनम लामा, कृष्णकुमारी शेरचन निर्वा्चित भएका छन्। सचिवमा आङपाङ शेर्पा, गोपाल माझी, दानसिंह राउटे, राजकुमार बोटे, सुखवीर थामी, लाक्पा हिसे शेर्पा, शान्तिदेवी धिमाल, सुखमती राजवंशी, सोनम लामा मुगाली, श्रुतिमाया कुमाल निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा श्रृति कुमाल र कोषाध्यक्षमा मुकुन्दबहादुर पहरी विजयी भएका छन्


  •  
  •  
  •