निममा अमृतका गुण ?

103
  •  
  •  
  •  

अमृतको लागि देव र दानवको बीचमा युद्ध भयो । दानवको जित भयो र अमृतको घडा उनीहरुले लगे । देवताहरुलाई आपत पर्‍यो । ‘अमृत विनाको स्वर्ग के स्वर्ग ?’

त्यसैले उनीहरुले कागलाई त्यो ‘अमृतको घडा चोरेर ल्याउन’ भने त्यो घडा त्यसपछि कागलाई धेरै उपहार दिने वचन देवताले दिए । बाठो कागले पहिले गएर दानवहरुले घडा कहाँ राखेका छन् भनेर पत्ता लगायो अनि बिहान पख दानवहरु मस्तसँग सुतेको बेलामा घडा चोर्न सजिलो हुन्छ भनेर बिहान उठेर खुसुक्क घडा चुच्चोले टिपेर ल्यायो ।

दानवहरु कहाँबाट घडा देवता कहाँ ल्याउँदा पृथ्वीको माथिबाट उढ्यो । पूरा उज्यालो नभएकोले कागले कतैकतै राम्रोसँग आँखा देखेन र घैटोबाट अलिकता अमृत छचल्किएर पृथ्वीको निमको रुखमा छरिन पुग्यो र त्यही बेला देखि निममा अमृतका गुणहरु आए ।

पुराणको यो कथा हो, तर निमका गुणहरु हेर्दा यसले औषधिको काम गर्छ भनेर चाँही शंका छैन ।
निमको दैनिक एक दुई पात खादा  रोग प्रतिरोध क्षमता बढ्छ र कोरोनाको बेला यो जानकारी भए राम्रो नै हुन्छ कि तर निम कोरोना भगाउने चाँही होइन नि ।

डा.अरुणा उप्रेती

तराइको घर-घर, बाटो बाटोमा हुने निमको रुख औषधिको भण्डार हो, सौन्र्दय र स्वास्थ कायम राख्नको लागि एउटा वरदान हो, भनेर कुनै नेपालीले लेख्यो भने हामीहरु हाँसोमा उडाउँछौ होला । तर त्यही कुरा कुनै विदेशी मान्छेले भन्यो भने “हामीसँग त कति धेरै महत्वपूर्ण वस्तु छ ।” भनेर हामी गर्व गछौँ होला ।
तराइ तिर पहिले पहिले निमलाई चपाउँदै दाँत सफा गर्ने चलनको सट्टा महँगो ब्रुस र निमबाटै बनेको महँगो मञ्जनले अहिले दाँत माझ्न थालेका छन् ।

तराइ तिर घरको सस्तो कुरा छोडेर, त्यही कुरा बजारबाट महँगोमा किनेर प्रयोग गरिन्छ । घरमा रहेको निमको पातलाई र रुखलाई वास्ता नगर्ने तर त्यही निमको जब मञ्जन, साबुन र सौन्दर्य क्रिम बन्छ तब त्यसलाई सयौ गुना मूल्य पनि बढी तिर्न तयार हुन्छौ र तिरी पनि रहेका छौ ।
निमको तेलबाट साबुन , अनेक प्रकारका थर्म रोगहरुको रबरको लागि औषधि मञ्जनको रुपमा प्रयोग गरिएको छ , ब्यापारिक रुपमा तर घर घरमा नै निम भएकाहरुले त निमको वस्तुको उपयोग सिधै गर्न सक्छन् ।

महात्मा गान्धीले निमलाई दैनिक जीवनमा प्रयोग गर्थे र निमको पातको अचार पनि बनाएर खान्थे । उनको स्वस्थ रहनुको एउटा कारण मध्ये निम पनि एक हो भनेर भनिन्छ ।

औषधिका रुपमा यसको प्रयोग कहाँ कसरी भइरहेको छ ?
निमको बारेमा अन्तराष्ट्रिय जगतमा त्यो बेलामा छलफल शुरु भयो जब अमेरिकाको एउटा कम्पनीले निमको औषधि गुणलाई, पेटेन्ट गर्न खोज्यो ।

त्यो बेलामा भारतका धेरै वैज्ञानिकहरुले यसको विरुद्ध आवाज उठाए । प्रसिद्ध वैज्ञानिक डा. वन्दना शिवाले यसलाई ‘जैविक चोरी’ भनिन् । उनले भनिन् “हाम्रो देशमा किसानहरुले निमलाई किट नासकको रुपमा हजारौ वर्ष देखि प्रयोग गर्दै आइरहेका छन् । कुनै कम्पनीले यसलाई पेटेन्ट गरेर हामीले गाउँ घरमा भएको रुखको प्रयोगको लागि पैसा तिर्ने कुरा असहनिय छ । किसानहरुले महँगो किटनाशक वस्तु किन्नु प¥यो भने पैसा कहाँबाट पाउने ?” डा. वन्दना शिवाको लगातारको लडाइले निमको औषधिय गुणलाई पेटेन्ट कम्पनीले हार मान्नु पर्‍याे ।

निमको बारेमा एउटा भनाई छ “जहाँ निमको रुख हुन्छ, त्यहाँ  राेग त भागि हाल्छ ।” वास्तवमा यदि निमको प्रयोग गर्न जान्ने हो भने धेरै समस्याबाट मुक्ति मिल्छ भनेर धेरै अनुसन्धानले देखाइसकेको छ ।

महिलाहरुको प्रजनन् अंगको समस्या, महिनावारी हुदा गुप्ताङ्खमा चिलाउने समस्या, सेतो पानी बग्ने आदि समस्यालाई पनि गाउँ घरका महिलाहरुले निमको प्रयोगले समाधान गर्छन् ।“निमको पात पानीमा उमालेर मन तातो भएपछि बाँटा वा चौडा मुख भएको भाँडोमा राखेर बसेपछि आराम मिल्छ । हप्तामा २–३ चोटी केही महिना गरेपछि कतिपय समस्या समाधान हुन्छ ।” सिरहाकी   देवीले भनेकी थिइन ।

दश वर्षअघि म सुडान जाँदा, स त्यहाँ निमका ठूला ठूला रुखहरु देखेर छक्क पनि लाग्यो । ”सुडानमा निमको रुख धेरै वर्ष अघि भारतबाट ल्याइएको थियो । यो त अहिले जताततै छ तर यसको औषधिको प्रयोग कसैले गर्दैन । गाउँमा बूढा बूढीले औलोबाट बच्न र छालाको रोग भएको बेला प्रयोग गर्छन् । नयाँ पुस्ताका मानिसलाई त यसको बारेमा थाहा छैन” एकजना सुडानिजले भनेका थिए । उनी धेरै युद्धमा भाग लिएर अहिले एक अफिसमा गार्डको काम गर्थे ।

‘सुडान मा बस्दा मैले बिहान दिउँस ३–४ वटा निमको पत्ती चपाँए । अति नै तितो पातले पहिले त साह्रै वाक्क गरायो । तर पछि बानी पर्दै गयो र निमको प्रभावले हो कि के हो त्यहाँ बसुन्जेल मेरो स्वास्थको रक्षा गर्‍याे । यो भन्न चाँही मलाई केही धक छैन ।
निममा रहेको एउटा ठूलो गुण किटाणु मार्ने शक्ति हो । लुतोको रोग र छालाका कतिपय समस्यालाई समाधान गर्न निमको पात उमालेर त्यो पानीले न्वाउँदा समस्या सहजै समाधान हुन्छ ।

निमको तेल कपालमा जुम्रा मार्नको लागि प्रयोग गरेको कुरा मलाई थाहा छ । त्यसैगरी चामलमा निमको पात राखेर किरा लाग्नबाट बचाउने कुरा त प्रत्येक किसानलाई थाहा हुन्छ । हाम्री बज्यैले निमको पातलाई उनको तातो लुगाको बीचमा राखेर किरा लाग्नबाट बचाएको अझै मलाई याद छ ।
निमको पात, रुखको छाल, काठ आदि सबै प्रत्येक कुनै न कुनै काममा प्रयोग हुन्छ

गाउँघरमगा किसानहरुले पशुहरुलाई भएको घाउ ठिक पार्न निम पर्याप्त मात्रामा प्रयोग गर्छन
निमलाई औषधिको सहज रुपमा प्रयोग गर्नबाट यसको तितोपनाले रोक्न सक्ने भएकोले यसलाई क्पाप्सुलको रुपमा पनि प्रयोग गरिन्छ विदेशमा । तर अलिकता तितोले गर्दा सम्पूर्ण स्वास्थको रक्षा हुन्छ र दाँत, छाला, कपाल आदि स्वस्थ रहन्छ भने यसको तितोपना किन सहन सकिन्न र ?

उप्रेतीको फेसबुकबाट

 


  •  
  •  
  •