पुन नेविसंघ महाविधेशनको मिति तोकियो

323
  •  
  •  
  •  

काठमाडौं, ५ असोज (ओएनएस):  कांग्रेस भ्रातृ संगठन नेविसंघको ११ औं महाधिवेशन मिति पुन तोकिएको छ । योसँगै नेविसंघको महाधिवेशनको म्याद तोकिएको सातौंपटक हो ।

६ पटकसम्म तोकिएको महाधिवेशन मिति स्थगित भएको भन्दै चार विद्यार्थी नेता अनसनमा बसेपछि नयाँ मिति घोषणा भएको हो । नेविसंघ नेता लेखनाथ पोखरेलका अनुसार आगामी कात्तिक ३० देखि मंसिर ४ गतेसम्म काठमाडौंमा महाधिवेशन हुनेछ ।

महाधिवेशन घोषणासहितको माग राखेर ९ दिनदेखि अनसनमा बसेका नेविसंघ नेताहरु गणेश सापकोटा, शंकर पौडेल, सुजन अधिकारी र रविन्द्र रोकायले अनसन तोडेका छन् ।


  •  
  •  
  •