प्राधिकरणले तत्काल लोडसेडिङको समय नबढाउने

211
  •  
  •  
  •  

  काठमाडौं ,१३ मंसिर (ओएनएस) : नेपाल विद्युत  प्राधिकरणले तत्काल लोडसेडिङको समय नबढाउने भएको छ ।

सार्क सम्मेलनका बेला अधिकांश समय बत्ती दिएको प्राधिकरणले तत्काल लोडसेडिङको समय नबढाउने भएको हो । प्राधिकरणको  तालिका अनुसार अहिले दैनिक झण्डै साढे सात घण्टा लोडसेडिङ हुनुपर्ने भएपनि अहिले थोरै समय मात्रै बत्ती गइरहेको छ । वितरणका  लागि विद्युत अपुग भएपछि लोडसेडिङ बढ्ने जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार अनुसार अहिले उपलब्ध भएसम्मका सबै स्रोतबाट विद्युत उत्पादन गरी वितरण गर्दै गर्दै आएको छ । प्राधिकरणले सार्क सम्मेलन अवधिभर कुलेखानी पनि केही समय सञ्चालन गरेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले  तत्कालका लागि लोडसेडिङ बढाउने योजना नभएको जानकारी दिएको छ । बिजुलीको माग बढ्ने समय आउन लागेपनि उच्च माग नभएसम्म लोडसेडिङको समय पनि परिवर्तन नहुने बताइएको छ ।

अहिले दैनकि १२ सय मेगावाट बिजुलीको माग भएपनि करिव  आठसय मेगावाट मात्रै विद्युत वितरण हुँदै आएको छ ।


  •  
  •  
  •