काठमाडौं, २४ असाेज (अाेएनएस) : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय सचिवालय बैठक फेरि सरेकाे छ। अाज बस्ने भनिएको केन्द्रीय सचिवालयको बैठक फेरि सरेकाे हाे । गएको सोमबार बसेको सचिवालय बैठकले थप छलफल गर्नका लागि बुधबार बैठक बस्ने निर्णय गरेको थियो । तर शीर्ष नेता व्यस्त भएको भन्दै बैठक आउँदो शनिबारसम्मका लागि स्थगित गरिएको नेकपाले जनाएको छ । बुधबारको बैठकले स्थायी समिति बैठकको मिति र कार्यसूचि तय गर्ने भनिएको थियो ।
ओली र प्रचण्ड स्वदेशमा नभएका बेला बरिष्ठ नेता नेपालले संसदमा सरकारप्रति असन्तुष्टि मात्र प्रकट गरेका थिएनन्, स्थायी समितिका सदस्यहरुको भेला गरेर पार्टी नेतृत्वप्रति असन्तुष्टि समेत पोखेका थिए। यसअघि सचिवालय बैठकले गरेको प्रदेश कमिटी पदाधिकारी चयन सम्बन्धी निर्णयमा माधव नेपालले असहमति जनाउँदै स्थायी कमिटी बैठककाे माग गरेका गरेका थिए ।