नेकपाको केन्द्रीय समिति बैठक सारियो

82
  •  
  •  
  •  

काठमाडौँ, सत्तारुढ दल नेकपाको केन्द्रीय कार्य समितिको बैठक एक महिना पर सारिएको छ ।

आगामी १५ गतेदेखि १७ गतेसम्म बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक सारिएको हो ।

केन्द्रीय कार्यालयका अनुसार बैठक मंसिर १५ गतेदेखि १७ गतेसम्म बस्ने गरी सारिएको हो ।

नेकपाको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बुधवार विज्ञप्ती जारी गरी केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड १९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको जानकारी दिएका छन् ।


  •  
  •  
  •