एनसेलले दियो इन्जिनियरिङका उत्कृष्ट विद्यार्थीलाई छात्रबृत्ति

64
  •  
  •  
  •  

काठमाडौं, ३१ भदौ (ओएनएस) ः दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पुलचोक इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत १६ उत्कृष्ट विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ ।

सोमवार क्याम्पस परिसरमा आयोजित कार्यक्रमविच इलेक्ट्रिकल,इलेक्ट्रिकल,इलेक्ट्रिोनिक्स तथा कम्युनिकेसन्स र कम्प्युटर इन्जिनियरिङ संकायका उत्कृष्ट विद्यार्थीलाई कम्पनीले छात्रबृत्ति दिएको हो । कम्पनीले उच्च प्राविधिक शिक्षलाई प्रोत्साहनका साथै दक्ष जनशक्ति विकास गर्ने उद्देश्यअनुरुप १२ जनालाई एनसेल छात्रवृत्ति तथा ४ जनलाइ एनसेल उत्कृष्टता पुरस्कार प्रदान गरेको हो ।

पुरस्कृत प्रत्येक विद्यार्थीले १ लाख रुपैयाँ प्राप्त गरेका छन् । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत यहि बर्षदेखि ५ बर्षसम्मका लागि सो छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको थियो । एनसेलले यसअघि कर्णाली अञ्चलका सम्पूर्ण जिल्ला र अन्य जिल्ला १४ जनालाई कक्षा ११ देखि स्नातक अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिसकेको छ ।

त्यस्तै विभिन्न विद्यालयमा ई पुस्तकालय निर्माणलगायत काममा समेत कम्पनीले सहयोग गरेको जानकारी दिएको छ ।

कम्पनीका अनुसार हालसम्म शिक्षा क्षेत्रमा ७ करोड रुपैयाँ भन्दा बढी सहयोग प्रदान गरिएको छ ।


  •  
  •  
  •