एनसेलले घटायो अष्ट्रेलिया र न्युजिल्याण्डमा फोन गर्दा लाग्ने शूल्क

76
  •  
  •  
  •  

ncellकाठमाडौ, १७ कात्तिक(एजेन्सी) : मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले कात्तिक १८ गतेदेखि लागू हुने गरी अष्ट्रेलिया र न्युजिल्याण्डमा फोन गर्दा लाग्ने शुल्क घटाएको छ ।

एनसेलको नयाँ शुल्क अनुसार अब अष्ट्रेलिया र न्युजिल्याण्डमा करबाहेक रू ६ रूपैयाँ ९९ पैसा प्रतिमिनेटका दरले कुरा गर्न सक्नेछन् । यो शूल्क निर्धारण गर्नुअघि अष्ट्रेलियामा कल गर्दा करबाहेक १५ रूपैयाँ प्रतिमिनेट र न्युजिल्याण्डमा कल गर्दा करबाहेक ६० रूपैयाँ प्रतिमिनेट थियो ।

नयाँ शुल्क एनसेलका सम्पूर्ण प्रिपेड तथा पोष्टपेड ग्राहकहरूलाई लागू एनसेलले जनाएको छ । एनसेलकी कर्पोरेट कम्युनिकेशन निर्देशक सञ्जु कोइरालाका अनुसार नेपालबाट उच्च शिक्षाका लागि प्रमुख गन्तव्य रहँदै आएको अष्ट्रेलिया र न्युजिल्याण्डमा रहेका नेपालीहरुले नेपालका आफन्त र साथीभाइहरूसँग सहजै कुरा गर्न सकुन् भन्ने उदेश्यले शूल्क परिमार्जन गरिएको हो ।

एनसेलले आफ्ना ग्राहकलाई सुलभ सञ्चार सेवा प्रदान गर्ने लक्ष्य अनुरुप अन्तर्राष्ट्रिय कल महसुल घटाउदै आएको दावी पनि गरेको छ । केहि महिना अघि एनसेलले युरोपियन युनियनमा आबद्ध मुलुकहरुका लागि कल शुल्क घटाएको थियो ।


  •  
  •  
  •