काठमाडौँ, २७ फागुन(ओएनएस) : मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि ‘एनसेनलको बहार, सबैलाई उपहार’ नयाँ योजना ल्याएको छ । एनसेलका ग्राहकले ९० दिनसम्म हरेक दिन आकर्षक उपहार पाउन सक्नेछन् ।
उक्त योजना आज फागुन २७ बिहीबारबाट लागू हुनेछ । योजनामा एनसेलका सम्पूर्ण नयाँ तथा पुराना प्रिपेड तथा पोष्टपेड ग्राहकले भाग लिई प्रत्येक दिन निश्चित डाटा प्याक, बोनस ब्यालेन्स, बोनस टक टाइम, रात्री टक टाइम, बोनस एसएमएस र एमएमएस लगायतका मध्येबाट कुनै एक उपहारस्वरूप प्राप्त गर्न सक्नेछन् ।
यो योजनामा सहभागी हुनका लागि एनसेलका ग्राहकले १७१२४ मा डायल गरी अथवा अंग्रेजीको पहिलो अक्षर ‘ए (A)’ टाईप गरी १७१२४ मा एसएमएस पठाउनु पर्नेछ । यसरी सहभागी भएपछि ग्राहकले विविध उपहारहरुमध्ये एक उपहार हरेक दिन योजना अवधिभर पाउनेछन् ।
योजनामा ५० रुपैयाँ बोनस ब्यालेन्स, २५ रुपैयाँ बोनस ब्यालेन्स, १५ रुपैयाँ बोनस ब्यालेन्स, ९ एमबी डाटा, ६ एमबी डाटा, ५ मिनेट बोनस टक टाईम, १० बोनस एसएमएस र एमएमएस, १० रुपैयाँ रात्री टक टाईम बोनस, १० रुपैयाँ रात्री बोनस, ५ बोनस एसएमएस लगायतका उपहार रहेका छन् । यसरी प्राप्त हुने उपहार ग्राहकले त्यसै दिन अर्थात् रातको १२ बजेभित्र प्रयोग गरी सक्नुपर्ने छ । रात्री १२ बजेपछि अघिल्लो दिनको उपहार स्वतः सकिनेछ र सोही उपहार ग्राहकले फेरि अर्को २४ घण्टाका लागि मान्य हुने गरी पाउनेछन् ।