एनसेलले ल्यायो पैसा ब्याक अफर

315
  •  
  •  
  •  

काठमाडौं,२५ भदौ (ओएनएस) ः मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘पैसा ब्याक नामक नयाँ योजना ल्याएको छ । जसअन्तर्गत ग्राहकले प्रत्येक दिन निश्चित रकम बराबरको ‘मेन ब्यालेन्स’ प्रयोग गर्दा त्यति नै रकम बराबरको वोनस व्यालेन्स प्राप्त गर्नेछन् ।

चाडपर्वको अवसरमा ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ यो उपहार योजना सञ्चालनमा ल्याइएको एनसेलकी कर्पोरेट कम्युनिकेशन अफिसर सन्जु कोइरालाले बताइन् ।

एनसेलका सम्पूर्ण प्रिपेड तथा पोष्टपेड ग्राहकले १७११९ मा डायल गरि यो योजनामा निःशुल्क सहभागी हुन सक्नेछन् ।
साथै वोनस प्राप्त गर्न आफुले प्रयोग गर्नु पर्ने रकमको जानकारी पाउनेछन् । उक्त रकम बराबरको मेन व्यालेन्स प्रयोग हुने बितिक्कै सोहि बराबरको वोनस व्यालेन्स तत्काल प्राप्त गर्ने कोइरालाले जानकारी दिइन् ।

यसरी प्राप्त वोनस व्यालेन्सलाई ग्राहकले एनसेलको कुनै पनि नम्बरमा कल गर्न, एमएमएस पठाउन र ईन्टरनेट चलाउन प्रयोग गर्न सक्ने बताइएको छ । दिनमा एक पटक प्राप्त हुने बोनस त्यहि राति १२ बजेभित्र प्रयोग गर्नुपर्नेछ ।

त्यस्तै भोलिपल्ट पुनःतोकिएको रकम बराबरको मेन व्यालेन्स प्रयोग हुँदा ग्राहकले फेरि सोहि रकम बराबरको वोनस प्राप्त गर्नेछन् । यसरी एक पटक योजनामा सहभागी भएपछि ग्राहकले योजना अवधिभर प्रत्येक दिन सुविधा उपयोग गर्न सकिने बताइएको छ ।


  •  
  •  
  •