एनसेल एप क्याम्पमा उत्कृष्ट २४ समूह छानिए

210
  •  
  •  
  •  

ncellकाठमाडौं, १७ मंसिर (ओएनएस) :  एनसेलले एनसेल एप क्याम्प अन्तर्गत आगामी प्रतिस्पर्धाका लागि उत्कृष्ट २४ समूहको घोषणा गरेको छ ।बुधबार एनसेलले कृषि, शिक्षा, कर्पोरेट सोलुसन्स र पर्यटन प्रत्येक विधागत क्षेत्रबाट ६ वटा समूह उत्कृष्ट समूह घोषणा गरेको हो ।

चार विधामा उत्कृष्ट २४ को स्थान प्राप्त गर्न १ सय ५० प्रतिस्पर्धी टिमहरु रहेका थिए ।

सोमवार मध्यरातसम्म परिमार्जित अवधारणा पेशी बन्द भए पश्चात, ईन्टरनेशनल फाइन्यान्सल कोर्पाेरेशन अफ दि वल्र्ड बेंक ग्रुप, नेपाल टुरिजम बोर्ड, गोल्छा अर्गनाइजेसन, निम्बस र एफ वान साफ्ट तथा अन्य संस्थाका प्रतिनिधिहरु भएको स्वतन्त्र निर्णायक मण्डलले एपको आइडिया र व्यवसायिक योजनाका आधारमा अंक प्रदान गरेका थिए ।

एपले समाधान गर्ने समस्या, विश्वव्यापी पहुँचको संभावना, व्यावसायिक नमुना, प्रस्तुतीकरण र अन्य आधारमा अंक प्रदान गरी टिमहरुको निर्णय गरिएको थियो ।

उच्च अंक हासिल गरी छनोट भएका ६ समूहरुमा कृषितर्फ केयर क्रप, क्रिएटिभ माइन्ड, क्रिएटु डेभलपर वान, आइसिटी फर एग्रिकल्चर, साथी र दि रिभोलुसन रहेका छन् । कर्पोरेट सोलुसन्सतर्फ एप्स झोला, क्याबी, ड्रुपार्टमेन्ट, इगल स्कुल बस, क्यूओडी र सेन्टीनेप रहेका छन् ।

त्यसैगरी शिक्षा क्षेत्रबाट छानिएका समूहमा मेरो एन्सर, ग्रुप अफ इनोभेटिभ डेभलपर, लिएजिज, रीति रिवाज, स्पेशल फोर्सेस् र टिम जेभिरियन छन् । त्यसैगरी पर्यटन क्षेत्रतर्फ हायर ए गाइड, होमस्टे नेपाल, नेपफ्लाइटस्, टिम एल्लो नेपाल, टुरिष्ट टक र लिपी (स्क्रीप्ट) छनोट भएका छन् ।

छनोट भएका २४ समूहहरु मंसिरको २३ देखि २५ गतेसम्म हुने अन्तिम प्रतिस्पर्धामा सहभागी हुनेछन् । उक्त अवसरमा, टिमहरुले नवीनतम व्यवसायको सञ्चालनबारे ज्ञान हासिल गर्नका साथै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रशिक्षकबाट आफ्नो एप निर्माणका लागि सहयोग लिन सक्ने बताइएको छ ।

प्रतिस्पर्धाको अन्तिम दिन प्रत्येक समूहले निर्णायक मण्डल सामू आफ्नो अवधारणा प्रस्तुत गर्दै आफ्नो एपको नमुना प्रदर्शन गनुपर्नेछ जसको आधारमा प्रतिस्पर्धाको विजेता निर्णय हुनेछ ।

प्रत्येक विधागत विजेताले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने समग्र विजेताले थप ५ लाख रुपैयाँ नगद पुरस्कार सहित अन्तराष्ट्रिय एप सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने बताइएको छ ।


  •  
  •  
  •