टेलियासोनेराको विमान रहस्यमय ढंगले काठमाडौंमा

120
  •  
  •  
  •  

काठमाडौं १ जेठ ।
एनसेल कर विवाद सल्टिएको भए पनि स्विडेनको बहुचर्चित टेलिकम संस्था टेलियासोनेराले मलेसियास्थित एक्जिटा कम्पनीलाई आफ्नो कम्पनी बेच्ने क्रममा गरेका केही रहस्यमय गतिविधिबारे जानकारी प्राप्त भएको छ ।

जानकारी अनुसार माघ ८ गते शुक्रबार अबेर त्रिभुवन विमानस्थलमा एउटा प्राइभेट जेट (फ्लाइट नम्बर जेईएफ ३३) अवतरण गरेको थियो । त्यसमा टेलियासोनेराका बरिष्ठ अधिकारी र एनसेल ग्रुपका कार्यकारी प्रमुख जोहन डेनलिन्ड रहेका थिए । त्यो विमानको अवतरण र प्रस्थानलाई लिएर अहिले छानबिन हुन लागेको एक उच्चस्तरीय सरकारी स्रोतले बतायो । विमान फिनल्याण्डबाट भाडामा ल्याइएको थियो र बाकु अजरबैजानमा रिˆयुल गरिएको थियो ।

उक्त टोलीले राजनीतिक तथा प्रसाशनीक तहमा भेटघाट गरेको थियो । त्यही दिन मलेसियाबाट कठमाडौं एक्जिटका कार्यकारी प्रमुख जमालुदिन अब्राइम पनि एनसेलका स्थानीय सेयरहोल्डर सतीष आचार्यद्वारा समन्वय गरिएको ती वैठकमा समालेल थिए ।

यो उच्चस्तरीय लआगमनभन्दा पहिला र पछि पनि येनलिन्डका पुराना साथी र टेलियासोनेराका अर्का स्टाफ सलमान वेकले नेपालमा एकसेल प्रकरणलाई निष्कर्षमा पुर्‍याउन आउने जाने गरेका थिए ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •