एनसेलको शेयर बिक्रीबारे कुनै जानकारी भए इमेल गर्न समितिको आग्रह

115
  •  
  •  
  •  

काठमाडौं । एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले औपचारिक रुपमा काम थालेको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा सचिवालय स्थापना गरेर समितिले काम थालेको हो ।

सरकारले तोकेको कार्यादेशअनुसार काम थालिएको र एक महिनाभित्र प्रतिवेदन पेस गर्ने आयोगले जनाएको छ । आयोगका अनुसार यसबीचमा विभिन्न नियामक निकाय, सरकारी अधिकारी, सेवा प्रदायक कम्पनीसँग छलफल हुनेछ । त्यसक्रममा विज्ञ, विभिन्न सरोकारवाला सङ्घसंस्था र व्यक्तिहरुसँग समेत छलफल गर्ने समितिले जनाएको छ ।

समितिले यसबारेमा कुनै जानकारी भए ncellchhanbin@nepal.gov.np इमेल गर्न समेत आग्रह गरेको छ ।


  •  
  •  
  •