एनसेलले १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन गर्‍यो

59
  •  
  •  
  •  

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागू हुने गरी विश्वका १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ।

नयाँ शुल्कहरु नेपाल दूरसञ्चार प्राधिकरणले अन्य दूरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दरअनुसार रहेको कम्पनीले जनाएको छ।

गत जेठ ९ गते प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजिकस्थान, जोर्डन, थाइल्याण्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएशिया, फिनल्याण्ड, नेदरल्याण्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरि १९ देशका लागि नयाँ अन्तर्राष्ट्रिय कल शुल्कको स्वीकृति प्रदान गरेको थियो।

प्राधिकणबाट प्राप्त यो स्वीकृतिसँगै यी देशहरुका लागि एनसेलको अन्तर्राष्ट्रिय कल शुल्क अब अरु सेवा प्रदायकहरुले प्राधिकरणको स्वीकृतिबमोजिम लिइरहेको न्यूनतम शुल्कसँग बराबर भएको छ।

नयाँ परिमार्जित अन्तर्राष्ट्रिय कल शुल्कअनुसार माथि उल्लेखित १८ वटा देशको शुल्क करबाहेक प्रतिमिनेट ३० रुपैयाँ निर्धारण गरिएको छ भने माल्दिभ्सको प्रतिमिनेट कल शुल्क करबाहेक ३०.६५ रुपैयाँ निर्धारण भएको छ। यसअघि यी देशहरुमा कल गर्दा गन्तव्य देशअनुसार प्रतिमिनेट ४.९९ देखि १५ रुपैयाँसम्म लाग्ने गरेको थियो।

अझै पनि माल्दिभ्सको लागि एनसेलको प्रतिमिनेट कल शुल्क अरु सेवा प्रदायकले लिने शुल्क भन्दा निकै कम रहेको जनाएको छ।


  •  
  •  
  •