सानिमा बैंक र एनसेलबीच निःशुल्क सिमकार्ड र डाटा प्याकेज उपलब्ध गराउने सम्झौता

572
  •  
  •  
  •  

काठमाडौं । सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सेवाग्राहीलाई नि:शुल्क सिमकार्ड र डाटा प्याकेजको सुविधा दिने सम्झौता भएको छ ।

सानिमा बैंकको मोबाइल एप सानिमा (सजिलो ई–बैंकिङ्ग) प्रयोगकर्ताहरुका लागि निःशुल्क सिमकार्डका साथै बैंकको मोबाइल एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा प्याकेज दिने सम्झौता भएको हो ।

बैंककातर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र एनसेल आजियाटा लिमिटेडकातर्फबाट प्रमुख कानुन, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सानिमा बैंकमा खाता खोली बैंकको मोबाइल एपको सेवा लिने बैंकका सेवाग्राहीलाई तीनसय रुपैयाँ बराबरको डाटा तथा भ्वाइस सेवासहितको निःशुल्क सिमकार्ड प्रदान गरिने छ। साथै बैंकका ग्राहकहरुले मोबाइल एप प्रयोग गर्न प्रत्येक महिना थप २५० एमबी निःशुल्क इन्टरनेट डाटा प्राप्त गर्ने छन्।

सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ। बैंकले आफ्नो बचत खाताहरुमा बीमाको सुविधाको साथै उच्चतम ब्याज दिँदै आइरहेको छ।


  •  
  •  
  •