काठमाडौं । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना ग्राहकका लागि ननस्टप अफरहरु अन्तर्गत थप विकल्प प्रदान गर्दै टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको आकर्षक योजना ल्याएको छ ।
एनसेलका ग्राहकले अब थप विकल्पहरुका साथ लोकप्रिय सामाजिक सञ्जाल टिकटक र फेसबुकको ननस्टप मजा लिन सक्नेछन् । ‘प्लस’ थिम अन्तर्गत फोरजी ग्राहकलाई ध्यानमा राखी ल्याइएका यी नयाँ प्याकहरु बुधबारदेखि सञ्चालनमा ल्याइएको हो ।
‘प्लस’थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पलजहाँ भएपनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिइएको छ ।
ग्राहकले आफ्नो आवश्यकता अनुसार एक दिन वा ३० दिनको समय सिमा रहेका यी प्याकहरु सजिलै सुचारु गरी सुलभ दरमा यी सामाजिक सञ्जालहरुको प्रयोगबाट मजा लिन सक्छन् ।
ग्राहकले मात्र रु. २५ (कर सहित रु ३१.९२) मा एक दिनको टिकटक वा फेसबुक प्याक सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले मात्र रु.३६० (कर सहित ४५९.६८) मा ३० दिनको समयावधि रहेको टिकटक वा फेसबुक प्याक लिई आफुले लिएको प्याकको समय सिमा बाँकी रहेसम्म ननस्टप रुपमा यसको फाइदा लिन सक्छन् ।
यतिमात्र नभई, यो ३० दिनको प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ६ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । एनसेलको फोरजी सेवा लिएका ग्राहकले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स ह्यास डायल गरी यी नयाँ प्याकहरु प्राप्त निर्देशनअनुसार नन्स्टप अफरको विकल्पहरुबाट सजिलैसँग छानेर सुचारु गर्न सक्ने एनसेलले जनाएको छ ।
ग्राहकले एनसेल एप तथा डिजिटल वालेट सेवा प्रदायकहरु जस्तै खल्ती, युनि पे, ई सेवा वा प्रभुपे मार्फत आफुलाई मनपर्ने प्याक सुचारु गर्न सक्छन् ।
ननस्टप अफर अन्तर्गत लोकप्रिय एपमा आधारित भई ल्याइएका यी नयाँ आकर्षक प्याकहरुले फोरजी ग्राहकहरुलाई सुलभ दरमा उनीहरुको प्राथमिकतामा रहेका सामाजिक सञ्जालमा नन्स्टप पहुँच प्रदान गर्ने भएकाले ग्राहककालागि यसले ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ ।
ननस्टप अफरहरु अन्तर्गत एनसेलले सात दिनको समयसिमा रहेको नन्स्टप टिकटक, फेसबुक वा युट्युबप्याकमात्र रु १०० (कर सहित रु.१२७.६९) मा र युट्युब र फेसबुकको कम्बो प्याक रु.१५० (कर सहित रु १९१.५४) मा प्रदानगर्दै आएको छ ।
यसै योजनामा ग्राहकले सात दिनको प्याकमा ४ जीबी र ३० दिनको प्याकमा ६ जीबी थप डेटा इन्टरनेटमा अन्य प्रयोजनकालागि प्रयोग गर्न बोनसको रुपमा पाउँदै आएका छन् ।
साथै सात दिनवा ३० दिनको नन्स्टप प्याक खरिद गर्ने ग्राहककालागि विशेष थप योजना पनि रहेको छ ।
यी प्याक सुचारु गर्ने ग्राहकले हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म मात्र रु.२० (कर सहितमात्र २५.५४) मा ३५०० एमबी थप फोरजी डेटा लिन सक्छन् । उक्त डेटा ग्राहकले टिकटक, फेसबुकवा युट्युब चलाउनको लागि प्रयोग गर्न सक्छन् ।
आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत नै रही एनसेलले वायर फ्री प्लस वाइफाइ, आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युब प्लसका साथै एण्डलेस कुराकानी प्लस, नयाँ सजिलो सिम र अल्ट्रा वाइफाइ सिम प्लस योजनाहरु ल्याइसकेको छ ।
यस्तै ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउँदै जाने ऐनसेलले जनाएको छ ।