एनसेलले ल्यायो ‘हामी केयर गछौं’ नामक सामाजिक योजना

92
  •  
  •  
  •  

काठमाडौं, १३ असोज (ओएनएस) : एनसेलले‘हामी केयर गछौं’ नामक व्यवसायिक सामाजिक योजना सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत एनसेलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र मनमोहन हदय तथा प्रत्यारोपण केन्द्रलाइ ३ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

एनसेलले मनमोहन हृदय तथा प्रत्यारोपण केन्द्रलाई अत्याधुनिक सघन हृदय उपचार ईकाइ बनाउन डेढ करोड रुपैयाँ प्रदान गरेको छ । त्यस्तै शिक्षण अस्पतालमा मृगौला तथा डायालाइसिस केन्द्र बनाउनका लागि डेढ करोड रुपैयाँ प्रदान गरेको हो ।

सोमबार राजधानीमा एक कार्यक्रमबीच एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनले मनमोहन हृदय तथा प्रत्यारोपन केन्द्रका कार्यकारी निर्देशक डाक्टर रत्नराज पौडेललाई डेढ करोड रुपैयाँको चेक हरुतान्तरण गरे ।

शिक्षण अस्पतालका प्लाष्टिक सर्जरी विभागका प्रमुख डाक्टर इश्वर लोहनीले पनि मृगौला तथा डायालाइसिस केन्द निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भई एनसेलबाट पैतालिस लाख रुपैयाँ अग्रिम भुक्तानी भइसकेको जानकारी दिएका छन् ।

 मनमोहन हृदय तथा प्रत्यारोपण केन्द्रका मुटु शल्यक्रिया विभागका प्रमुख डाक्टर भगवान कोइरालाले एनसेललाई सहयोगका लागि धन्यवाद दिँदै सहयोग रकमको पुरापुर सदुपयोग गर्ने आश्वासन दिए । सहयोग रकमको सदुपयोग गरि जनताले महशुस गर्नेगरी सेवा उपलब्ध गराउने उनको दाबी थियो ।


  •  
  •  
  •