बुटवलमा ‘एनसेल मेला २०७६’

66
  •  
  •  
  •  

रुपन्देही । बुटवलमा ‘एनसेल मेला २०७६’ सफलतापूर्वक सकिएको छ । मेलामा दर्शकले चर्चित कलाकारहरुको प्रस्तुतिसँगै विविध खेल गतिविधिबाट मनोरञ्जन लिएका थिए ।

नेपाल भ्रमण वर्ष २०२० लाई सघाउन र आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यका साथ एनसेलले सिद्धेश्वरी स्कुल मैदान, दीपनगरमा मेला आयोजना गरेको थियो । शनिबार दिउँसो १२ बजे सुरु भएको मेला दिउँसो ३ बजेसम्म चलेको थियो ।

मेलामा दीपक बज्राचार्य र रिदम ब्याण्ड, आषिश राना (लाहुरे), कालीप्रसाद बास्कोटा, मेलिना राई, टीका प्रसाईँ लगायतका कलाकारले आफ्नो प्रस्तुति दिएका थिए ।

मेलामा गेम स्टलहरु, विभिन्न थिम गेमहरु र ओकुलस भर्चअलजोन जस्ता विशेष आकर्षणहरु रहेका थिए ।
बालबालिकाका लागि किड्स जोनमा पेन्टिङ्ग, प्लेडो, लेगो, प्रि गो होभर बोर्ड, मिनीगो कार्ट, पोगो स्टिक, इन्फ्लेटेड क्यासल, डक फिसिङ्ग र एङ्ग्री बर्ड लगायतका विभिन्न रमाइला गेम पनि थिए ।

मेलामा दर्शक तथा आगन्तुकहरुले एनसेलको फोरजी र अरु प्रोडक्टहरुका थिम गेमहरुको मजा लिएका थिए ।
त्यस्तै कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरुका बारेमा पनि जानकारी लिनुका साथै फोरजी सिम लिन र पुरानो सिम फोरजीमा अपग्रेड गर्न पाएका थिए ।

 


  •  
  •  
  •