काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमाचमत्कार’ अफर अन्तर्गत पहिलो हप्ताका पाँच भाग्यशाली मध्येका दुई ग्राहकहरुलाई बिहीबार जनही २ लाख रुपैयाँ नगद पुरस्कार वितरण गरेको छ ।
आफ्नो कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर यहि मंसिर १ गतेदेखि संचालन गर्दै आएको छ । यस योजनाअन्तर्गत हरेक योग्यग्राहकले प्रत्येक हप्ता रु २ लाख र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने मौका पाउँछन् ।
योजनाको पहिलो हप्ता (मंसिर १–७) का पाँच विजेता ग्राहकहरुलाई मध्ये बिहीबार दुई ग्राहकले जनही २ लाख रुपैयाँ नगद पुरस्कार ग्रहण गरेका छन् । बाँकी विजयी ग्राहकहरुले आवश्यक प्रमणिकरणको प्रक्रिया पश्चात उनीहरुलाई पायक पर्ने नजिकैको एनसेल सेन्टर वा काठमाडौंबाट पुरस्कार ग्रहण गर्न सक्नेछन् ।
पहिलो हप्ताका पाँच विजयीमध्येका एक छिन्चु, सुर्खेतकी मोतिसरा दमाईले एनसेलको सुर्खेतस्थित एनसेल सेन्टरबाट आफुले पाएको नगद २ लाख रुपैयाँ पुरस्कार बिहीबार एक कार्यक्रम माझ ग्रहण गरेकी छिन् । त्यसैगरी एनसेल सेन्टर वीरगंजबाट बाराका मनोज कुमार यादवले पनि रु २ लाख पुरस्कार बिहीबार नै ग्रहण गरेका छन् ।
‘एनसेललाई धेरै–धेरै धन्यवाद । यो रकमले म गाउँमा एउटा सानो घडेरी जोड्छु,’ पुरस्कार ग्रहण गरी सकेपछि खुसीहुँदै मोतिसराले भनिन् । त्यस्तैगरी बाराका मनोजले यो रकमआफ्नो बच्चाको शिक्षाका लागि लगानी गर्ने बताए ।
एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा रु १०० वा यस भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भईरहेको छ । योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ ।
ग्राहकहरुले एक सय रुपैयाँ वात्यो भन्दा बढिको ब्यालेन्स रिचार्जमाप्रत्येक एक सय रुपैयाँ बराबरको एक विषेशकोड एसएमएस मार्फत प्राप्त गर्छन् ।
उदाहरणका लागियदिकुनै ग्राहकले ३ सय ५० रुपैयाँ रिचार्ज गर्दछ भने उसले तीन विषेश कोड नम्बरहरु प्राप्त गर्दछ । त्यसैगरी ग्राहकले पाँच सय रुपैयाँ रिचार्ज गरेमापाँच वटा विषेश कोडहरु प्राप्त हुनेछन् ।
यसरी प्राप्तहुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्न पर्ने हुन्छ । यस योजनाअन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एपिवान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेज मार्फत पाँच भाग्यशाली ग्राहकहरुको घोषणा हुन्छ ।
आवश्यक प्रक्रिया पुर्याई प्रत्येक हप्ताको शुक्रबार भित्र अघिल्लो हप्ताका विजयीहरुलाई नगद पुरस्कार हस्तान्तरण गरिनेछ ।