एनसेलले निःशुल्क ट्वीटरको अवधि थप्यो

69
  •  
  •  
  •  

काठमाडौ, ११ भदौ (ओएनएस) : टेलिकम सेवा प्रदायक एनसेलले प्रदान गर्दै आएको निःशूल्क ट्वीटर योजनाको समयावधि तीन महिना थप गरेको छ । गत जेठदेखि सुरू भएको यस योजनाको अवधि मङ्गलबार सकिएपछि सेवा अवधि थप गरेको कम्पनीले बताएको छ । यस योजना अन्तर्गत प्रिपेड तथा पोष्टपेड ग्राहक, मोबाइल सेट तथा कनेक्ट प्रयोगकर्ताले कम्प्युटरबाटै निःशुल्क ट्वीटर चलाउन सक्छन् । ४ दशमलव ४ र सो भन्दा माथिको संस्करणको ओपेरा मिनी ब्राउजर चलाउनेले पनि निःशुल्क ट्वीटर चलाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

ncell
प्राविधिक कारणले ‘जिरो ओपेरा मिनी’ बाहेक अन्य ब्राउजरमा भने निःशुल्क ट्वीटर चलाउन नसकिने पनि कम्पनीले बताएको छ । बिना शुल्क प्रयोग गर्न सकिने भएपनि यसबाहेक अन्य लिङ्क प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने हुन्छ ।


  •  
  •  
  •