दुवै पक्षको छलफल नहुँदासम्म एनसेलसँग कर नलिन सर्वोच्चको अन्तरिम आदेश

413
  •  
  •  
  •  

काठमाडौं, १२ वैशाख(ओएनएस) : सर्वोच्च अदालतले दुवै पक्षको छलफल नहुँदासम्म एनसेलसँग कर लिने कार्य नगर्न ठूला करदाता कार्यालयलाई अन्तरिम आदेश जारी गरेको छ ।

एनसेल लाभकरका विषयमा सर्वोच्च अदालतमा परेको रिटको बिहीबार सुनुवाई गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले सो आदेश जारी गरेको हो ।

विवादमा दुवै पक्षलाई छलफलका लागि बोलाउँदै उक्त अवधिसम्मका लागि कर लिने निर्णय थाती राख्न आदेशमा भनिएको छ । ठूला करदाता कार्यालयले निर्धारण गरेको करविरुद्ध एनसेलले सोमबार सर्वोच्च अदालतमा रिट दिएको थियो ।

यो विवादमा एनसेलले आफुले दुई आर्थिक वर्षमा रकम वुझाएको दावी गर्दै अव १४ अर्व ३६ करोड मात्र वुझाउनु पर्ने दावी गरेको थियो भने ठुला करदाता कार्यालयले एनसेलले ३९ अर्व ६ करोड तिर्नुपर्ने जनाइएको थियो ।


  •  
  •  
  •