एनसिएल टावरमा आगलागी गराएको आरोपमा दुईजना पक्राउ

357
  •  
  •  
  •  

काठमाडौं, १५ चैत (ओएनएस) : एनसिएलको टावरमा आगलागी गराएको आशंकामा दुई जनालाई इलाम प्रहरीले पक्राउ गरेको छ ।

इलाम नगरपालिका– १ साजेजुङमा रहेको टावरमा आज बिहान आगलागी गराएको आशंकामा विशाल राई र विमल राईलाई प्रहरीले पक्राउ गरेको हो । बिहान करिब ३ बजे आगलागी भएको थियो ।

आगलागीपछि खोजतलास गर्ने क्रममा शंका लागेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख विपीन कर्माचार्यले बताए।

पक्राउ परेकामध्ये विशाल किराँत मुक्तिमोर्चाका जिल्ला अध्यक्ष रहेका प्रहरीले जनाएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

आगलागीबाट जेनेरेटर, टावर, उपकरण र तारमा क्षति पुगेको र क्षतिको यकिन तथ्यांक आउन बाँकी रहेको बताइएको छ


  •  
  •  
  •