विवाद मिलाउन एमाओवादी नेतृत्वको विपक्षी मोर्चा सकारात्मक

81
  •  
  •  
  •  

काठमाडौँ, २२ पुस (ओएनएस) : संविधान निर्माणको विषयमा उत्पन्न विवादको अन्त्य गर्न एमाओवादी नेतृत्वको ३३ दलीय मोर्चा सकारात्मक देखिएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ नेपाली काँग्रेस र एमाओवादी नेतृत्वको विपक्षी मोर्चाको संयुक्त बैठकले संविधानको विवादित बिषयमा थप छलफल आवश्यक भएको भन्दै केहि दिनमा सहमति गर्ने बताएका छन् ।

बैठकपछि काँग्रेस नेता नेता शेखर कोइरालाले संविधानका विवादित विषयमा एक दुईदिनभित्र सहमतिमा पुगिने जानकारी दिए ।

दलहरुले चार दिनमा विवादित बिषयमा केहि प्रगति भएको निश्कर्ष निकाल्दै थप छलफलको लागि दुई दिनमा थप छलफलपछि सहमतिमा पुग्ने बताएका छन् ।

बैठकपछि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दलहरुले विवादित बिषयमा निकास निकाल्ने बताउँदै भने ‘गोल हान्न खेलिरहेका छौँ । कुन दलले कति गोल हान्ने हो ? सभामुख त रेफ्रीमात्र हो, खेलाडी होइन । गोल हान्ने काम हाम्रै हो । ‘

यस्तै एमाओवादी नेता नेता नारायणकाजी श्रेष्ठलेसभाध्यक्षको अभिव्यक्तिले हामीलाई गम्भीर बनाएको भन्दै परिणामस्वरुप अन्तरवस्तुमा सहमतिका लागि निरन्तर बैठक बसिरहेको बताए ।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले मुख्यरुपमा राज्यको पुनःसंरचनाका विषयमा गहन रुपमा संवाद भएको जनाए ।

राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा सत्तासिन काँग्रेस–एमाले एकातिर र एमओवादी नेतृत्वको विपक्षी मोर्चा अर्काेतिर भएपछि विवाद बढ्दा तोकिएको मिति माघ ८ मा संविधान जारी हुने संभावना कमजोर बन्दै गएको छ ।


  •  
  •  
  •