काठमाडौँ, २८ फागुन(ओएनएस) : नेपाली कांग्रेसतर्फको केन्द्रीय सदस्यको मतगणना आज पनि जारी छ । नेपाली कांग्रेसको केन्द्रीय समितितर्फको अहिले भइरहेको मतगणनाका क्रममा ५ सय मतको गणना सकिएको छ ।
खुलातर्फको अहिले भइरहेको मतगणनामा खुमबहादुर खड्का र प्रकाशमान सिंह अगाडि देखिएका छन् । यी दुवैले २ सय ९७ मत प्राप्त गरेका छन् । यस्तै, डा. शेखर कोइरालाले २ सय ९३ मत, प्रदीप पौडेलले २ सय ९२ मत ल्याएका छन् ।
शीर्ष ३० स्थानमा रहेका उम्मेदवार र उनीहरुले प्राप्त गरेको मत यस्तो छ-
१. खुमबहादुर खड्का २९७
२. प्रकाशमान सिंह २९७
३. शेखर कोइराला २९३
४. प्रदिप पौडेल २९२
५. विमलेन्द्र निधि २८१
६. बालकृष्ण खाँड २७७
७. पूर्णबहादुर खड्का २७५
८. प्रदिप गिरी २७४
९. रमेश लेखक २७४
१०. महेश आचार्य २७०
११. शंकर भण्डारी २६३
१२. धनराज गुरूङ २६१
१३. केबी गुरूङ २५५
१४. रामशरण महत २५५
१५. सुजाता कोइराला २५४
१६. विश्वप्रकाश शर्मा २५२
१७. बलबहादुर केसी २५१
१८. प्रकाशशरण महत २४९
१९. मिनेन्द्र रिजाल २४४
२०. गोपालमानन श्रेष्ठ २३९
२१. चन्द्र भण्डारी २३८
२२. नारायण खड्का २३७
२३. बद्री पाण्डे २३३
२४. एनपी साउद २२९
२५. ज्ञानेन्द्र बहादुर कार्की २२१
२६. जिपछिरिङ लामा २०८
२७. उदयशमशेर राणा २०२
२८. पदमनारायण चौधरी २०१
२९. महालक्ष्मी उपाध्याय डिना १९८
३०. मनमोहन भट्टराई १८७