काठमाडौँ, २९ फागुन(ओएनएस) : नेपाली कांग्रेसतर्फको केन्द्रीय सदस्यको मतगणना आज पनि जारी छ । नेपाली कांग्रेसको केन्द्रीय समितितर्फको अहिले भइरहेको मतगणनाका क्रममा १ हजार ५० मतको गणना सकिएको छ ।
खुलातर्फको अहिले भइरहेको मतगणनामा शेखर कोइरालाले अग्रता लिएका छन् । शनिबार दिउँसो साढे २ बजे आएको पछिल्लो मत गणना अनुसार शेखर कोइरालाले ६ सय २५ मत प्राप्त गर्दै सबैभन्दा अगाडि रहेका छन् । यस्तै, खुमबहादुर खड्काले ६ सय १५ मत, बल बहादुर केसीले ५ सय ९९ मत, प्रकाशमान सिंहले ५ सय ९२ मत र प्रदीप पौडेलले ५ सय ९१ मत प्राप्त गरेका छन् ।
शीर्ष २५ स्थानमा रहेका उम्मेदवार र उनीहरुले प्राप्त गरेको मत यस्तो छ :
१. शेखर कोइराला ६२५
२. खुम बहादुर खड्का ६१५
३. बल बहादुर के.सी. ५९९
४. प्रकाशमान सिंह ५९२
५. प्रदीप पौडेल ५९१
६. रमेश लेखक ५७२
७. महेश आचार्य ५७१
८. पूर्ण बहादुर खड्का ५७०
९. बिमलेन्द्र निधि ५६५
१०. धनराज गुरुङ्ग ५६४
११. प्रदीप गिरी ५६०
१२. बालकृष्ण खाण ५५२
१३. कुलबहादुर (के.बी.) गुरुङ ५४९
१४. राम शरण महत ५४४
१५. सुजाता कोइराला ५३८
१६. विश्वप्रकाश शर्मा ५३९
१७. शंकर भण्डारी ५१४
१८. मिनेन्द्र रिजाल ५११
१९. नारायण खडका ५००
२०. प्रकाश शरण महत ४९९
२१. बद्री पाण्डे ४९२
२२. चन्द्र भण्डारी ४८३
२३. एन.पि. साउद ४८३
२४. गोपाल मान श्रेष्ठ ४७६
२५. ज्ञानेन्द्र बहादुर कार्की ४७३