वार्ताको नेतृत्व लिन प्रधानमन्त्रीलाई एमाओवादीको आग्रह

176
  •  
  •  
  •  

sushil-koiralaकाठमाडौं ,२५ चैत (ओएनएस) : नेपाली कांग्रेस र एनेकपा माओवादीबीच बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । ३० दलीय मोर्चाद्वारा सञ्चालित आन्दोलन र संविधान निर्माणका विषयमा छलफल केन्द्रित रहेको थियो ।

बैठकपछि एनेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले सत्तापक्षीय दलहरुको अग्रसरतामा संविधानसभाको बैठक एक हप्ता सारेको कदमको गेस्चरको रुपमा आफूहरुले तीन दिनको बन्दको निर्धारित कार्यक्रममा दुई दिनको बन्द फिर्ता लिएकोे बताए ।

उनले चैत्र ३० गतेको संविधानसभाको निर्धारित बैठक अगाडि नै सहमति कायम होस भन्ने मनशायले वार्ता प्रकृया अगाडि बढाइएको बताए । यसको अग्रसरता प्रधानमन्त्री सुशील कोइरालाले लिनु पर्ने बताए । उनले मंगलबारको बन्दका क्रममा पक्राउ परेका आन्दोलनकारीहरुको रिहाइको बारेमा पनि कुरा भएको जनाए ।

वार्तापछि नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्र बडूले आपसी वार्ता र सहमतिबाटै संविधान निर्माण होस भन्ने उद्देश्यले वार्ता थालिएको र निष्कर्ष पनि त्यही रहेको उल्लेख गरे ।

उनले आन्दोलन र संघर्षले आजसम्म हासिल भएका उपलब्धिहरुलाई संस्थागत गर्ने संविधान निर्माणलाई बल नपु¥याउने कुरामा दुवैपक्ष सहमत भएको पनि पनि बताए । उनले दुई दलका बीचमा विश्वासको वातावरण बन्दै गएको पनि उल्लेख गरे ।


  •  
  •  
  •