काठमाडौं, ६ माघ (ओएनएस) : सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालले संविधानसभामा सुरु गर्न लागिएको प्रक्रियामा एमओवादी लागयतका मोर्चाको बिरोध भएपछि पछि नहट्ने निर्णय छुट्टा छुट्टै निर्णय गरेका छन् ।
मंगलबार बसेको नेपाली काँग्रेसको संसदीय दलको बैठकले एमाओवादीले सोमबार राति संविधासभा हलमा गरेको हिंसात्मक व्यबहारको निन्दा गर्दै प्रक्रियामा गएर संविधान जारी गर्नुपर्ने निष्कर्श निकालेको हो । यस्तै एमालेको स्थायी कमिटिको बैठकले पनि संविधानसभामा सुरु हुन लागेको प्रक्रिया अनुसार नै अगाडि बढ्ने निर्णय गरेको छ ।
मध्यरातमा संविधानसभा भवनमा भएको तोडफोड र आक्रमणलाई जंगली व्यवहार भन्दै एमालले निन्दा समेत गरेको छ । अध्यक्ष ओलीमाथि एमाओवादीले योजनावघ ढंगले व्यक्तिग आक्रमणमा उत्रिएको पनि एमालले निश्कर्ष निकालेको छ ।
यसअघि सोमबार मध्यरातमा बसेको संविधानसभाको बैठकमा एमाओवादीका सभासदहरुलाई सभाध्यक्ष, सत्तारुढ सभासदलाई लक्षित गर्दै आक्रमण तथा तोडफोडमा उत्रिएका थिए । त्यसक्रममा उनीहरुले बैठक कक्षको कुर्सिको तोडफोड गरेका थिए, माइक भाचेका थिए भने एमाले अध्यक्षमाथि माइत प्रहार गरेका थिए ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली निर्माण समिति गठन गरियोस् भन्ने प्रस्ताव राख्न कांग्रे्स प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई अनुमति दिएलगत्तै एकजना एमाओवादी सभासद् रोष्ट्रमतर्फ अघि बढेपछि संविधानसभा हल रणभूमिमा परिणत भएको थियो । एमाओवादी सभासदहरु जनार्दन शर्मा, शिवनारायण मण्डल, अमनलाल मोदीलगायत दर्जनौं सभासद्ले सभामुखको रोष्ट्रममा आक्रमण गर्ने क्रममा कुर्सिहरु तोडफोड गरेका थिए ।
यस्तै माइक भाँच्दै नेम्वाङमाथि आक्रमण प्रयास गरे भने एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विद्यादेवी भण्डारी, एमाले सभासद् ऋषि पोखरेलमाथि माइकले आक्रमण गरेका थिए । ओलीको छातीमा माइक प्रहार भयो भने भण्डारीको खुट्टामा चोट लागेको छ ।